पोखरा, ४ जेठ २०८२।
दार्चुलामा गएराती गुडिरहेको कारमा एक्कासी आगलागी भएको छ।
बैतडीदेखि दार्चुलातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०३.२३ च ७५६८ नम्बरको कारमा गएराती एक्कासी आगलागी भएको हो।
उक्त कार जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ स्थित इलाका प्रहरी कार्यालय गोकुलेश्वरको चेक पोष्ट नकतड नजिक गुडिरहेको अवस्थामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।
उक्त कारमा छ जना यात्री रहेको र कारमा आगो लागेको देखे पछि उनीहरु हाम फालेर बाँच्न सफल भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।।