बाजुरामा जीप दुर्घटना : कक्षा १२ को परीक्षा दिएर फर्कदै गरेका छ जना परिक्षार्थी घाइते

बाजुरामा जीप दुर्घटना : कक्षा १२ को परीक्षा दिएर फर्कदै गरेका छ जना परिक्षार्थी घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ जेष्ठ २०८२
  • 3.9K
    Shares

पोखरा, ३ जेठ २०८२।

कक्षा १२ को परीक्षा दिएर फर्कदै गरेका परिक्षार्थी चढेको जीप बाजुरामा दुर्घटना हुँदा छ जना घाइते भएका छन्।

जिल्लाको कोल्टी बजारबाट हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर जादैँ गरेको म १ ज २३३ नम्बरको जीप शुक्रवार दिउँसो हिमाली गाउँपालिका ६ सिउडी खोलास्थित कर्णाली करिडोरमा दुर्घटना हुँदा छ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराले दिएको जानकारी अनुसार , उक्त दुर्घटनामा घाइते हुने परिक्षार्थीहरुमा जिपचालक अन्दाजी २० का सविन बोहरा, हिमाली ५ बस्ने अन्दाजी बर्ष १८ कि रंगीता बुढा, जुनिता बुढा, अन्दाजी २९ बर्षका विवेक बुढा, वडा नम्बर ६ बस्ने अन्दाजी २२ बर्ष अस्मिता शाही र वडा नम्बर ४ बस्ने अन्दाजी १८ का विज्ञान सार्की छन् । घाइतेहरुको अवस्था मध्यम छ भने अहिले कोल्टी अस्पतालमा उपचार भइरहेको छ ।

जीप एक्कासी अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल कर्णाली नदी माथि रुखमा अड्कीएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार