म्याग्दीमा तीब्र गतिको मोटरसाइकल रोकी राखेको बसमा ठोक्कियो : मोटरसाइकल मर्मत केन्द्र संचालकको घटनास्थलमै मृत्यु

म्याग्दीमा तीब्र गतिको मोटरसाइकल रोकी राखेको बसमा ठोक्कियो : मोटरसाइकल मर्मत केन्द्र संचालकको घटनास्थलमै मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ बैशाख २०८२
  • 6.1K
    Shares

पोखरा, २९ बैशाख २०८२।

म्याग्दीमा भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल मर्मत केन्द्रका संचालकको मृत्यु भएको छ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग. १६प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग. २ख २१३९ नम्बरको बसमा ठोक्किँदा म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा टरसाइकल मर्मत केन्द्र संचालन गरी बसेका संचालकको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक समेत रहेका वीरगञ्जका अन्दाजी २० वर्षीय अफताप सलमानको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख श्यामबहादुर रानाले जानकारी दिए।

सलमानले चलाएको मोटरसाइकल तीब्र गतिमा रहेको देखेपछि बसका चालकले आफ्नो बसलाई साइड लगाई रोकी राखेको भए पनि अनियन्त्रित उक्त मोटरसाइकल बसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै प्रहरीले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार