मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुलेको छ ।
पल्टिएर सडक अवरुद्ध गरेको ट्रकलाई डोजरको माध्यमवाट किनारा लगाउने काम भैरहेकोले दुईतर्फी खुलेको हो ।
मुग्लिन नारायणगढ सडक खण्डकाे तुईन खाेला नजिकै काेईला बाेकेकाे ट्रक अनियन्त्रित भई पल्टिँदा सडक अबरुद्ध बनेकाे थियो ।
पल्टिएको ट्रक साइड लगाउने कार्य भएको र सडक दुईतर्फि संचालनमा आएको प्रहरीले जानकारी दिएको छ