पोखरा, २८ बैशाख २०८२।

मुग्लिन-नारायणगढ सडक खण्डको तुईनखोलामा दुईतर्फी सवारी आवागमन बन्द भएको छ।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे उक्त स्थानमा पल्टिदा दुईतर्फी सवारी आवागमन बन्द भएको हो ।
कोइला लोड गरेको सो ट्रक आफैं अनियन्त्रित भई पल्टिँएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।
सो स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षक प्रतिक सिंह नेतृत्वको टोली खटिएर बाटो खुलाउने प्रयास गरिरहेको चितवन प्रहरीले जनाएको छ