पोखरा कोटिहोम : आज हास्य कलाकार धुर्मुस-सुन्तली र गायिका समिक्षा अधिकारी आउने

पोखरा कोटिहोम : आज हास्य कलाकार धुर्मुस-सुन्तली र गायिका समिक्षा अधिकारी आउने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ बैशाख २०८२
  • 6.4K
    Shares

पोखरा, २६ वैशाख २०८२ ।

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज हास्य कलाकार धुर्मुस-सुन्तली र गायिका समिक्षा अधिकारी आउने भएका छन्। साथै आजै भारतको हरियाणाबाट श्री १००८ महामण्डलेश्वर स्वामी विशेश्वरानन्द पनि कोटिहोममा आउँदै छन् ।


आजै बिहान ७० वर्षभन्दा माथि उमेर पुगेका एकहजार भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गर्ने तयारी भएको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिएका छन्। आज नै काठमान्डौको टोखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी सहित १५ जना विशिष्ट व्यक्ति  र १ सय जना विद्यार्थी स्वयंसेवीको रूपमा कोटिहोममा आउदैछन् । यसै गरी कोटिहोममा आज नै सर्प उद्धारकर्ता सामाजिक व्यक्तित्व यमलाल भण्डारीको पनि उपस्थिति रहने छ ।

कोटिहोममा यही वैशाख २७ गते शनिवार एकहजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ ।  उक्त अवसरमा  बिहान ९ बजे तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको ढकालले जानकारी दिए ।

शनिवार चर्चित लोकगायक पशुपति शर्मा,  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन तथा विशेष साड्डीतिक कार्यक्रम र आइतबार लोकदोहोरी गायिका अस्मिता डल्लाकोटिको प्रस्तुति रहने छ ।

महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले कोटिहोममा साधु, सन्त, महन्तहरूको दर्शन, प्रवचन, आशीर्वाद तथा सङ्घीय प्रदेश सरकारका मन्त्री तथा सांसद, राजनितिक दलका नेता तथा समस्त भक्तजनको उपस्थितिले महायज्ञ सफल भईसकेको बताए ।

कोटिहोममा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । 
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए ।

उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260