पोखरा, २६ बैशाख २०८२।
कक्षा १२ को परीक्षामा परिक्षा दिईरहेका दुई जना नक्कली परिक्षार्थी बिहिबार लमजुङबाट पक्राउ परेका छन्।
सुन्दरबजार नगरपालिका–६, बरेटारस्थित आदर्शबाल माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार , सुन्दरबजार–५, खहरे स्थित विद्या ज्योती माविका छात्र २० बर्षीय विशाल गुरुङको परीक्षा दिन आएका नक्कली परीक्षार्थी सोहि स्थानका २० बर्षीय आयुष गुरुङ, सिम्वोल नं. ३३७००५२१ को परीक्षा दिँदै गर्दा बिहिबार बिहान पक्राउ परेका हुन् ।
बिहिबार बिज्ञान विषयको परीक्षा थियो । प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक राजकिशोर शाहले बताए ।
पक्राउ परेका दुवैजनालाई बिहिबार नै जिल्ला प्रशासन कार्यालयबाट शिक्षा ऐन सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।