भारतले मूल्य चुकाउनु पर्ने पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफको चेतावनी

भारतले मूल्य चुकाउनु पर्ने पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफको चेतावनी


  • समाचार एजेन्सीहरु
  • बिहिबार, २५ बैशाख २०८२
  • 5.8K
    Shares

पोखरा, २५ बैशाख २०८२।

पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले भारतले गल्ती गरेको र यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्।

बुधबार अबेर देशको नाममा सम्बोधन गर्दै किस्तानी प्रधानमन्त्री सेहबाज सरिफले भारतलाई त्यस्तो चेतावनी दिएका हुन्।

उनले सीमामा लडाइँ गर्न आफ्नो देश तयार भएको बताउँदै दिल्लीले अस्वीकार गरे पनि आफ्नो देशले जेट खसालेको बताए। उनले सम्पूर्ण पाकिस्तानीले जितका लागि उत्साह देखाउनुपर्ने बताए।

बुधबार बिहान पाकिस्तानमा भएको भारतको हवाई आक्रमणमा मर्ने पाकिस्तानीको सङ्ख्या ३१ पुगेको छ। मर्ने मध्य एक जना ७ वर्षीय बालकसमेत रहेको जनाइएको छ।

यसैबीच बुधबार साँझ नै पाकिस्तानको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै चिकित्सक र नर्स लगायत स्वास्थ्य क्षेत्रमा रहेका सबै जनालाई बिदा लिनबाट बञ्चित गरेको छ।

प्रतिक्रिया