पाकिस्तानले भारत-नियन्त्रित कश्मीरसँगको सीमामा रहेको एक सैन्य पोस्टमा भारतीय सैनिकहरूले सेतो झन्डा उठाएर आत्मसमर्पण गरेको दाबी गरेको छ ।
यो दाबी पाकिस्तान सरकारको आधिकारिक एक्स एकाउन्टमार्फत सार्वजनिक गरिएको अलजजिराले लेखेको छ । अलजजिराले यो दाबी स्वतन्त्रतापूर्वक पुष्टि गर्न नसकिएको जनाएको छ ।
पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तारारले पनि आफ्नै एक्स एकाउन्टमा यो दाबी दोहोर्याउँदै लेखेका छन्, ‘पहिले अनुसन्धानबाट भागे, अब मैदानबाट।’
पाकिस्तानका विदेशमन्त्री इसहाक डारले एक्समा लेखेका छन्, ‘भारतको आक्रामण पाकिस्तानको सार्वभौमिकता, संयुक्त राष्ट्र चार्टर र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हो, पाकिस्तान यसको कडा निन्दा गर्छ।’
यसैबीच, पाकिस्तानको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इस्लामाबादले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) लाई ‘भारतको आक्रामकण र यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा उत्पन्न गरेको खतरा’ बारे जानकारी गराएको बताएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई पाकिस्तानसँग संयुक्त राष्ट्र चार्टरको अनुच्छेद ५१ अन्तर्गतको आत्मरक्षा अधिकारअनुसार, आफूले रोजेको समय र स्थानमा यो आक्रमणको उचित जवाफ दिने पूर्ण अधिकार रहेको सूचित गरेको छ ।’
यसैबीच भारतले आफ्नो देशमा गरेको आक्रमणको बदलामा पाँच भारतीय जेट विमान खसालिएको दाबी गरेको छ।
सूचना मन्त्री अत्ताउल्लाह तरारले पाकिस्तानले आफ्नो द्रुत प्रतिक्रिया शुरु गरेपछि बिहान २:४५ बजेतिर दुई भारतीय जेट विमान खसालेको पुष्टि गरे, जबकि तेस्रो विमान, राफेल विमानको पुष्टि एक घण्टा पछि आयो। चौथो र पाँचौं भारतीय जेट विमान खसालिएको पुष्टि बिहान ५ बजेपछि तरार र रक्षामन्त्री ख्वाजा आसिफले गरे।