पोखरा, २४ बैशाख २०८२।
हाँस्य कलाकार सुबोध गौतम बिरामी छन्। उनलाई युरिन ट्याक इन्फेक्सन भएको र उनको हाल चितवनको पुष्पाञ्जली अस्पतालमा भर्ना गरेर उपचार भैरहेको डाक्टर भोजराज अधिकारीले जानकारी दिए।
उनी सिस्नुपानीको कार्यक्रमका लागि वैशाख १९ गते हेटौंडा पुगेका थिए र वैशाख २० गते स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई चितवनको पुष्पाञ्जली अस्पतालमा भर्ना गरिएको थियो। कलाकार गौतमलाई अझै केही दिन अस्पतालमै राखेर उपचार गरिमे डा. अधिकारीले बताए।