भारत-पाकिस्तान युद्ध : पाकिस्तानको पन्जाबमा आपतकाल घोषणा

भारत-पाकिस्तान युद्ध : पाकिस्तानको पन्जाबमा आपतकाल घोषणा

संयम रहन भारत र पाकिस्तानलाई संयुक्त राष्ट्रसंघको अपिल


  • समाचार एजेन्सीहरु
  • बुधबार, २४ बैशाख २०८२
  • 13.7K
    Shares

पोखरा, २४ बैशाख २०८२।

‘अपरेसन सिन्दुर’ नाम दिएर भारतले सैन्य आक्रमण थाले पछि पाकिस्तानको पञ्जाव राज्यमा आपत‍्काल घोषणा गरिएको पाकिस्तानी मिडियाले जनाएका छन् ।

भारतले कास्मिरको पहलगाममा भएको आतंककारी हमलाको जवाफमा पाकिस्तानका विभिन्न नौ स्थानमा सैन्य आक्रमण गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको यो आक्रमणपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफ्नो एक्स ह्यान्डलमा ‘भारत माता की जय’ लेखेका छन् । उता, पाकिस्तानी प्रधानमन्त्री भारतले गरेको युद्धको जवाफ दिने अधिकार पाकिस्तानलाई रहेको बताएका छन् ।

भारतका केही मिडियाले पाकिस्तानले पनि जवाफी आक्रमण भएको जनाएका छन् । पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारसंस्था डानले लेखेको छ, “भारतले लगाएको यो युद्धको उचित जवाफ दिन पाकिस्तानलाई पूर्ण अधिकार छ र उचित जवाफ दिइँदैछ । सम्पूर्ण राष्ट्र पाकिस्तानी सशस्त्र सेनाको साथमा छ र सम्पूर्ण पाकिस्तानी राष्ट्रको मनोबल र भावना उच्च छ ।”

भारतको यो आक्रमणबाट तीन जनाको निधन र १२ जना घाइते भएको डानले जनाएको छ । यस्तै, डानका अनुसार भारतले पाकिस्तानको कोल्टी, बहवालपुर, मुरिदके, बाघ र मुजफरबादमा आक्रमण भएको जनाएको छ ।

भारतीय सेनालाई उद्धृत गर्दै समाचार एजेन्सीहरू रोयटर्स र एएफपीले कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको समाचार लेखेका छन् ।

यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ।

शरीफ चौधरीका अनुसार आक्रमणमा मस्जिद सहित धेरै ठाउँहरू लक्षित थिए। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतीय आक्रमणप्रति प्रतिक्रिया जनाएका छन्। उनले पाकिस्तानलाई यसको जवाफ दिने पूर्ण अधिकार रहेको बताएका छन्।

भारत र पाकिस्तानबीचको तनावग्रस्त अवस्थालाई ध्यानमा राख्दै दुवै देशका केही क्षेत्रमा स्कुल र कलेज बन्द गरिएका छन्। बीबीसी हिन्दीका अनुसार पाकिस्तानको राजधानी इस्लामाबाद र भारतको पन्जाब प्रान्तमा विद्यालयहरू बन्द गरिएका छन्।

कश्मीरबाट बीबीसीका शफत फारुकको रिपोर्टअनुसार कश्मीरका धेरै भागमा स्कुल र कलेज बन्द गरिएका छन्। अधिकारीहरूले आज कश्मीरको जम्मु, साम्बा, कठुआ, राजौरी र पुंछ क्षेत्रका सबै स्कुल, कलेज र शैक्षिक संस्थाहर बन्द रहने घोषणा गरेका छन्।

यसैबीच पाकिस्तानमाथि भारतीय सेनाले आक्रमण थाले पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रतिक्रिया दिएका छन्। भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई लाजमर्दो भएको टिप्पणी गरे । उनले भनेका छन्, ‘यो लाजमर्दो कुरा हो । मलाई लाग्छ, लडाईँ हुन सक्ने अनुमान पहिले नै थियो । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ ।’

यता भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक भएपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको छ।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका’ बताएका छन् ।

उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गरेका छन् ।

दुजारिकले भने, ‘भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुनेछ।’

यसअघि, ५ मेमा एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल एक्समार्फत एक पोस्ट गर्दै भारत र पाकिस्तानबीचको तनाव पछिल्ला केही वर्षमा सबैभन्दा गहिरो रहेको उल्लेख गरेका थिए।

उनले २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दा पनि गरेका थिए।

कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतङ्ककारी आक्रमण मा परेर २७ जनाको ज्यान जाने पर्यटकको हत्या भए पछि भरत र पाकिस्तानबीच तनाब भै एक-आपसमा आक्रमण शुरु गरेका छन्।

प्रतिक्रिया