भारतले मध्यरातमा हवाई आक्रमण शुरु गरेपछि पाकिस्तानले थाल्यो जवाफी हमला

भारतले मध्यरातमा हवाई आक्रमण शुरु गरेपछि पाकिस्तानले थाल्यो जवाफी हमला


  • एजेन्सीहरु
  • बुधबार, २४ बैशाख २०८२
  • 22.2K
    Shares

पोखरा, २४ बैशाख २०८२।

भारतले गएको मध्यरातदेखि पाकिस्तानको रावलपिण्डी केन्द्रित भएर हवाई हमला शुरु गरेपछि पाकिस्तानले पनि जवाफी हमला गरेको छ।

पाकिस्तानी सेनाका अनुसार भारतले पाकिस्तान प्रशासित क्षेत्रहरू, कोटली, बहावलपुर, मुरीदके, बाग र मुजफ्फराबाद सहित पाँच स्थानहरूमा गरेको मिसाइल हमलाको जवाफमा बुधबार बिहान सबेरै दुई भारतीय विमान खसालेको छ।

पाकिस्तानी वायुसेना (PAF) ले कोटली सेक्टरमा एउटा भारतीय जेटलाई सफलतापूर्वक अवरोध गरी खसालेको रिपोर्टमा जनाइएको छ। पाकिस्तानी सेनाका लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरी (डीजी आईएसपीआर)ले “आफ्नो समय र स्थानमा” जवाफ दिने वाचा गरे।

भारतीय कब्जामा रहेको पहलगाममा भएको घातक आतंकवादी हमलापछि तनाव बढेको छ, जसमा २६ जनाको मृत्यु भएको थियो। भारतले उक्त हमला आतंकवादी पूर्वाधारलाई लक्षित गरेको दाबी गरेको छ, तर पाकिस्तानले त्यस्ता शिविरहरूको उपस्थिति अस्वीकार गरेको छ र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई स्थानहरू प्रमाणित गर्न आमन्त्रित गरेको छ।

“कायर शत्रु भारतले बहावलपुर, कोटली र मुजफ्फराबादमा रहेको सुभानुल्लाह मस्जिदमा हवाई हमला गर्‍यो। उनीहरूले आफ्नै हवाई क्षेत्रबाट आक्रमण गरे। उनीहरू कहिल्यै पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेनन्।”
“कोटलीमा दुई नागरिक र अहमदपुर पूर्वमा एक बच्चा शहीद भए। एउटा मस्जिदमा आक्रमण भयो। यी आक्रमणहरूले धार्मिक स्थलहरूलाई लक्षित गर्ने आरएसएस हिन्दुत्व विचारधारालाई झल्काउँछ।”
पाकिस्तानी मिडियाका अनुसार पाकिस्तानले जवाफी हमला सुरु गरिसकेको छ।

भारताले प्स्स्किस्तान्को बुधबार राति करिब १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेशन सिन्दूर’ अन्तर्गत आक्रमण गरेको थियो। पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्ट अनुसार, बहावलपुरमा भएको हवाई आक्रमणमा परी ३० जनाको मृत्यु भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ ।

यद्यपि पाकिस्तानले आक्रमणमा तीन बालबालिकासहित सात जनाको ज्यान गएको बताएको छ ।
पाकिस्तानको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया