भारतमा प्रहरीले हानेको गोली लागेर एक जना नेपाली घाइते : मोटरसाइकल चोरी गिरोहमा संलग्न रहेको आरोप

भारतमा प्रहरीले हानेको गोली लागेर एक जना नेपाली घाइते : मोटरसाइकल चोरी गिरोहमा संलग्न रहेको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ बैशाख २०८२
  • 3.7K
    Shares

पोखरा, २४ बैशाख २०८२।

भारतमा एक जना नेपालीलाई प्रहरीले गोली हानेर घाइते अवस्थामा पक्राउ गरेको छ। नेपाली नागरिक टीलु पहाडी भनिने तिलक थापालाई भारतीय प्रहरीले गोली हानेर घाइते अवस्थामा पक्राउ गरेको हो।

उनीसमेत तीन जनाको समूहलाई भारतीय प्रहरीले मोटरसाइकल चोरी गिरोह भन्दै गोली हानेको भारतीय अखबार दैनिक भास्करले समाचार छापेको छ।

मंगलबार बिहान राति उत्तर प्रदेशको बाराबंकी शहरस्थित रेन्दुवा पल्हडी मोडमा प्रहरीले चलाएको गोली लागेर नेपाली नागरिक टीलु पहाडी भनिने तिलक थापा घाइते भएका छन्। प्रहरीको गोली लागेर घाइते थापाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

उनीसंगै रहेका भारतको बिहारका मोहम्मद साजिद अन्सारी र मोहम्मद खुर्शीदलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई भने केही नभएको बताइएको छ।

थापाले भारतमा चोरिएका मोटरसाइकल नेपालमा ल्याएर विक्री गर्ने गरेको भनिएको छ । यो गिरोहबाट चोरीका ५ वटा मोटरसाइकल, ८८ ग्राम चाँदी, २ हजार १९० रुपैयाँ नगद र .३१५ बोरको हतियार र केही गोली बरामद भएको भनिएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया