पोखरा, २३ बैशाख २०८२।
पोखरामा सुनका गरगहना चोरी गरेको आरोपमा दुइ जना पक्राउ परेका छन ।
गएको मङ्गलबार राति पोखरा महानगरपालिका वडा नं. २ मोहरिया टोलस्थित एक घरको कोठा फोरेर सुनका गरगहना चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा म्याग्दी स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं। ३ बस्ने २२ वर्षीय अमृत नेपाली र धादिङ जिल्ला घर भइ हाल पोखरा महानगरपालिका ३ बस्ने २४ वर्षीय बिनोद नेपाली रहेका छन्। उनीहरुले चोरी गरेको सुनको तिलहरी एक थान, चद्रमा एक थान, चाँदीको चेन एक थान र नगद रु दुई हजार पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ।
उनीहरुलाइ कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरूमा दिन सात ‘७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।