परपुरुषसंग लागेको आशंकामा सुर्खेतमा सैनिक जवानद्वारा श्रीमतीको हत्या

परपुरुषसंग लागेको आशंकामा सुर्खेतमा सैनिक जवानद्वारा श्रीमतीको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ बैशाख २०८२
  • 15.1K
    Shares

पोखरा, २३ बैशाख २०८२।

परपुरुषसंग प्रेममा परेको आशंकामा सुर्खेतमा एक सैनिक जवानले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

नेपाली सेनाको वीरदल गणमा कार्यरत सैनिक २८ वर्षीय दर्शन खत्रीले परपुरुषसंग प्रेममा परेको आशंकामा सुर्खेतकै गुर्भाकोट नगरपालिका–५ निवासी आफ्नै २६ वर्षीया श्रीमती प्रेमा ओलीको हत्या गरेका हुन्।

शनिबार घरबिदा लिएर हिडेका खत्रीले आफूले सामान साथीको हातमा पठाईदिएको छु भनेर झुक्याई शनिबार साँझ भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारमा बोलाएर आफैले श्रीमतीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

छोरीलाई माइतीमा छाडेर श्रीमानले पठाएको सामन लिन छिन्चु हिडेकी प्रेमाको शब् आइतबार सुर्खेतको भेरीगंगा नगरपालिका–१२ झिगेनारास्थित डम्पिङ साइटको पानी खोल्सामा डुबेको अवस्थामा बिहान ५ बजे शव फेला परेको थियो। बिहानै थाकलको खजुरी टिप्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

उक्त खबर पाउनसाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्का, डीएसपी मोहनजंग बुढा, ईलाका प्रहरी कार्यालय छिन्चुको टोली तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेको थियो। लामो सोधखोज पश्चात प्रहरीले प्रेमा ओलीको हत्या आरोपमा उनकै श्रीमान समेत रहेका सैनिक दर्शन खत्रीलाई पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ। खत्रीले आफ्नो श्रीमती प्रेमाको हत्या गरेको स्वीकार गरिसकेका छन्।

प्रहरीका अनुसार , सामान साथीको साथमा पठाएको भने पनि दर्शन खत्री शनिबार साँझ आफै चिन्छु बजार पुगेका थिए।
साँझ ६ः३० बजेतिर छिन्चुमा श्रीमान र श्रीमतीबीच भेट भएर घरातार्फा जाँदै गर्दा बाटैमा दुवै जनाबीच झगडा शुरु भएको र त्यही क्रममा आफुले श्रीमतीलाई ढुंगाले हानेर हत्या गरेको खत्रीले प्रहरीसमक्ष बताएका छन्। श्रीमती प्रेमालाई सम्झाउने अनेक प्रयत्न गर्दा पनि नमानेपछि कुटपिट समेत गरेको र त्यति गर्दा पनि नमाने पछि प्रेमाको टाउकोमा ढुंगाले हानेको उनले प्रहरीलाई जानकारी दिएका छन्। त्यसपछि आफैँ मरेको हो भन्ने बनाउन घाँटीमा प्रेमाकै सलले कसेर खोला किनाराको पानीमा फालेर घर गएको बयान प्रहरीलाई दिएका छन्।

प्रेमालाई खोल्सामा फालिसकेपछि खत्री राति ८ बजे घटनास्थलबाट गुर्भाकोट घर गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रेमाको शव प्रदेश अस्पताल कालागाउँमा राखिएको छ। गुर्भाकोट नगरपालिका–५ थक्लेनीमा ६ वर्षीया छोरीसहित प्रेमा एक्लै बस्दै आएकी थिइन्। उनको माईती गुर्भाकोट नगरपालिका–५ तोरीबारी हो

प्रतिक्रिया
सम्बन्धित समाचार