पोखरा, २० बैशाख २०८२।

रुकुम पश्चिमका एक युवा बेलायतको राजधानी लन्डनमा मृत भेटिएका छन्।
रुकुम पश्चिम, मुसीकोट नगरपालिका-१२ का २० वर्षीय सुशान ओली लन्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा मृत भेटिएको हुन्।
अप्रिल २१ देखि सम्पर्काविहीन भएका ओली थेम्स नदी किनारमा गत मंगलबार मृत भेटिएका नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए।
लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप परीक्षण गर्दा सो शव ओलीको भएको पुष्टि गरेको नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख विपिन दुवाडीले बताए ।
दूतावासले नेपालीको राहदानी विभागबाट मगाएको औँठा छाप परीक्षण गर्दा शवसँग मिलेको लन्डन प्रहरीलाई उद्धृत गर्दै दुवाडीले जानकारी दिए।
प्रहरीले अहिलेसम्मको अनुसन्धानमा ओलीले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको र मृतकका परिवारसँगको समन्वयमा शव व्यवस्थापनको तयारी भएको उनले बताए।
शव परीक्षण सकिएपछि शव नेपाल लाने वा बेलायतमै अन्तिम संस्कार गर्ने भन्ने विषयमा परिवारसँग समन्यव भइरहेको उनले जानकारी दिए।