काठमाडौं, १९ बैशाख २०८२।
गोरखाको पालुङटार नगरपालिका वडा नम्वर १ खोप्लाङमा एउटा मृत अवस्थामा चितुवा भेटिएको छ।
करिव एक बर्ष उमेरको पोथी चितुवा बिहिवार ठुलो पँधेँरा सामुदायिक वनमा मृत भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले जानकारी दिए।
प्रमुख शाण्डिल्यले दिएको जानकारी अनुसार, सामुदायिक वनको छेउमा मृत अवस्थामा चितुवालाई देखेपछि स्थानीयहरुले कार्यालयमा खबर गरेका थिए । मृत चितुवालाई पोस्टमार्टमका लागि डिभिजन वन कार्यालय, गोरखामा ल्याइएको डिएफओ शाण्डिल्यले जानकारी दिए ।
चितुवाको शरीरमा केही चोटहरु देखिएको भएपनि आफै लडेर मरेको हुन सक्ने अनुमान कार्यालयको छ । उक्त चितुवा एकसय १४ सेन्टिमिटर लामो र ४५ सेन्टिमिटर उचाइको रहेको बताइएको छ ।