कक्षा १२ को परीक्षा वैशाख २१ बाटै हुने पक्का

कक्षा १२ को परीक्षा वैशाख २१ बाटै हुने पक्का


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ बैशाख २०८२
  • 3.4K
    Shares

माध्यमिक शिक्षा परीक्षा (एसइई)

पोखरा, १८ बैशाख २०८२।

आन्दोलनरत् शिक्षक महासंघसँग सरकारको सहमतिपछि २९ दिनदेखि ठप्प शैक्षिक गतिविधि खुलेको छ । योसँगै यही वैशाख २१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा पनि निर्धारित मितिमा सञ्चालन हुने भएको छ ।

यसअघि वैशाख ११ देखि परीक्षा तय भएकोमा शिक्षकको सडक आन्दोलनको असहज परिस्थितिको कारण देखाउँदै १० दिन पर सारिएको थियो ।

९ बुँदे सहमतिलाई मन्त्रिपरिषद्ले पारित गरेसँगै शिक्षक महासंघले मन्त्रिपरिषद्ले आफूहरूका केही माग सम्बोधन गरेको र यही असार १५ भित्रै ऐन पारित हुने प्रतिवद्धता आएकाले समयमै ऐन आउने विश्वाससहित आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षासम्बन्धी सबै काम गर्न/गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार