पोखरा, १५ बैशाख २०८२।
संखुवासभास्थित अरुण नदीमा आज दिउसो जिप खसेको छ।
खाँदबारीबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४१०३ नम्बरको जिप सोमबार दिउँसो पौने ३ बजेधर्मदेवी नगरपालिका–८ सुर्तीबारीबाट अरुण नदीमा खसेर दुर्घटनाग्रस्त भएको हो।
उक्त दुर्घटनामा परेर खाँदबारी-९ का रमेश राई, मकालु गाउँपालिका-५ का चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका-११ का ढोकरबहादुर पाण्डे घाइते भएको जिल्ला प्रहरीका डीएसपी दक्षकुमार बस्नेतले बताए । घाइतेको मनकामना अस्पतालमा उपचार भइरहेको छ ।
पैदल यात्री चैनपुर नगरपालिका–११ का ६६ वर्षीय ढोकरबहादुर पाण्डेलाई ठक्कर दिएपछि जिप अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल अरुण नदीमा खसेको डिएसपी बस्नेतले जानकारी दिए। अरुण नदीमा खसेको गाडीलाई झिक्न सक्ने अवस्था नरहेको उनले बताए ।
संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार जिपमा चालकसहित दुई जना सवार थिए । उनीहरू जिपबाट हामफालेका थिए । जिपबाट हामफालेका खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४० वर्षीय जीवन राई र चालक मकालु गाउँपालिका–५ मांसिमाका २० वर्षीय किरण गुरुङको उद्दार गरिएको प्रहरीले जनाएको छ । राई बोलेरोका मालिक हुन् ।
प्रहरीका अनुसार जिपको ठक्करबाट घाइते भएका र अरुण नदीबाट उद्दार गरिएकासहित तीनै जनाको तुम्लिङटारको मनकामना अस्पतालमा उपचार भइरहेको छ ।