पोखरा, १५ बैशाख २०८२।
गोरखामा रहेको एक कृषि सहकारीमा चोरी भएको छ। जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ थालेस्थित पिपलबोट कृषि सहकारी संस्थामा शनिबार राति चोरी भएको हो ।
उक्त सहकारी संस्थाको कार्यालय तोडफोड गरी दुई लाख १५ हजार रकम चोरी भएको संस्थाका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।
सहकारी भवनको मूल गेट र सेफ राखेको कोठाको चावी फुटाएर भित्र पसेर सेफको लकर फुटाएर रकम चोरी भएको देखिएको अध्यक्ष।
चोरीको सुचना पाएपछि घटनास्थलमा पुगेका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले गाउँदेखि अलि पर एकान्त जस्तो ठाउँमा रहेको उक्त सहकारीमा सिसिटिभी जडान नभएकाले चोरी गर्नेको पहिचान गर्न समस्या भएको गुनासो गरे। अद्यापि चोरीमा संलग्नको खोजी कार्य शुरु गरिएको प्रहरीले जनाएको छ।
२०७२ साल बैशाख महिनामा खुलेको उक्त सहकारी संस्थामा हाल करिब दुई सय जना सेयर सदस्य छन् ।