पोखरा, १४ बैशाख २०८२।
किराना पसलबाट रकम चोरी गरेर भागेका गोर्खाका एक युवा लमजुङमा समातिएका छन्।
लमजुङको सुन्दरबजार-७ पाउँदी स्थित एक किराना तथा खाजा पसलबाट रकम चोरी गरेर भागेका गोर्खाका एक युवा लमजुङमा समातिएका हुन्। प्रहरीले पक्राउ गरेका युवा गोरखा सिरानचोक-८ घर भई पाउँदी बस्ने २५ वर्षीय विशाल उपरकोटी रहेका छन्।
अभियुक्त उपरकोटीले उक्त पसलको काउन्टरबाट शुक्रबार पैसा चोरी गरेर भागेकोमा राईनास-३ बाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
रकम चोरी गरेपश्चात अटो चढेर भागेका उपरकोटीले चोरीको रकम ६१ हजार रुपैयाँ राईनास-३, टिम्मुरेको बाँस घारी नजिकै माटोले पुरेर राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।