पोखरा, १४ बैशाख २०८२।
सप्तरीमा आज दिउसो यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको निधन भएको छ भने २४ जना घाइते भएका छन्।
उदयपुरबाट विराटनगर तर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको यात्रुबाहक बस आइतबार मध्याह्न १२ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामा अनियन्त्रित भएर पल्टिदा दुई जनाको निधन भएको हो।
उक्त दुर्घटनामा परेर सप्तरीको सप्तीकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्नबहादुर मगराती र हाल पहिचान हुन नसकेकी एक महिलाको निधन भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।