सिन्धुपाल्चोकमा एस्काभेटर पहिरोले पुरियो : चालक बेपत्ता

सिन्धुपाल्चोकमा एस्काभेटर पहिरोले पुरियो : चालक बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० बैशाख २०८२
  • 4.4K
    Shares

पोखरा, १० बैशाख २०८२।

सिन्धुपाल्चोकमा ढुंगा निकाल्दै गरेको एस्काभेटरलाई माथिबाट आएको ढुंगासहितको पहिरोले पुर्दा चालक बेपत्ता भएका छन् ।

पाँचपोखरी थाङ्पाल गाउपालिका १ स्थित पुजारी टोलको लक्षिण टेवा भिरबाट खसेको पहिरोमा परी चालक उमेश दराई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरीका अनुसार घटना मंगलबार साझ साँढे ६ बजे तिरको हो । स्काभेटर अपरेटरले ढुङ्गा फुटाई रहेको अवस्थामा माथिबाट पहिरो आएको थियो ।

चालक स्काभेटर भित्रै रहेको भन्ने जानकारी आएपनि निरन्तर पहिरो झर्नेक्रम नरोकिएकाले अहिलेसम्म उद्धार हुन सकेको छैन । पहिरोले स्काभेटर पुरिएर क्षति भएको छ । स्काभेटर सहचालक भागेर ज्यान जोगाउन सफल भएको तर चालकको अवस्था थाहा हुन सकेको छैन ।

उद्धारका लागि प्रहरी र जनप्रतिनिधिले अर्को स्काभेटर लगेर पहिरो पन्छयाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी उमाकान्त यादवले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार