पोखरा, १० बैशाख २०८२।
डोटीमा आज एकाबिहानै एउटा मिनिट्रक दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृतु भएको छ।
धनगढीबाट बझाङतर्फ जादै गरेको सु.प.प्र. ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न र खुद्रा सामान बोकेको मिनीट्रक भिमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा आज बिहान ६ बजेतिर दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको हो। ।
उक्त दुर्घटनामा परेर मृत्यु हुनेमा मिनीट्रक चालक बझाङ बुङ्गल नगरपालिका २ दहबगर बस्ने अन्दाजी ३२-३३ वर्षको अर्जुन धामी रहेका छन् भने अन्य दुई जनाको नाम थर पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मिनीट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको जनाइएको छ ।