पोखरा महानगरका अधिकृत गिरीविरुद्ध बिशेष अदालतमा भ्रस्टाचार मुद्दा दायर

पोखरा महानगरका अधिकृत गिरीविरुद्ध बिशेष अदालतमा भ्रस्टाचार मुद्दा दायर


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० बैशाख २०८२
  • 5.5K
    Shares

पोखरा, १० बैशाख २०८२।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरका अधिकृत कपिल गिरिबिरुद्ध बिशेष अदालतमा भ्रस्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारमा रहेको मुद्दा मिलाइदिने भन्दै आफ्नै कार्यालयका कर्मचारीसँग घुस मागेको भन्दै २५ हजार घुस सहित रंगेहात पक्राउ परेका अधिकृत गिरिबिरुद्ध अख्तियारले बिशेष अदालतमा मङ्गलबार मुद्दा दायर गरेको हो।

महानगरको उजुरी फर्स्यौट तथा समन्वय शाखामा कार्यरत गिरीले उजुरी नै नपरेका व्यक्तिलाई नक्कली उजुरी बनाएर अख्तियारमा परेको भन्दै घुस मागेका दाबी गरिएको छ । अख्तियारले सोधेको प्रष्टीकरण वा प्रश्नहरूको महानगरपालिकाका तर्फबाट उनले जवाफ पठाउने जिम्मेवारी पाएका छन् ।

सोही आधारमा महानगरकै अर्का कर्मचारीसँग ‘अख्तियारमा उजुरी छ म मिलाइदिन्छु’ भनी घुस मागेका थिए । अब अदालतबाटै प्रक्रिया अघि बढ्ने आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा २५ हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३(१)(क) अनुसार कैद सजाय र बिगो बराबर जरिवाना मागदाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार