रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश फुयालको इजलाशमा

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश फुयालको इजलाशमा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ बैशाख २०८२
  • 4.8K
    Shares

पोखरा, ८ बैशाख २०८२।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलाशमा परेको छ।

सोमबार न्यायाधीश फुयालको इजलाशमा उक्त रिटको सुनुवाइ हुन लागेको हो।

आइतबार लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। यसअघि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजालाशले गरेको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो।

चैत ३१ गते भएको सुनुवाइमा सर्वोच्चले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो। लामिछाने हाल रूपन्देही कारागार कार्यालयमा थुनामा छन्।

रूपन्देहीको सुप्रिम सहकारी ठगी र संगठित अपराधमा उनलाई जिल्ला अदालतले एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो।

उच्च अदालतले जिल्लाको फैसला बदर गर्दै चैत २२ गते उनलाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार