बेंशीशहरबाट मनाङ सदरमुकाम चामेसम्म सार्वजनिक बस सञ्चालनमा : बसभाडा सातसय ४० रुपैया कायम

बेंशीशहरबाट मनाङ सदरमुकाम चामेसम्म सार्वजनिक बस सञ्चालनमा : बसभाडा सातसय ४० रुपैया कायम


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ बैशाख २०८२
  • 9.7K
    Shares

पोखरा, ८ बैशाख २०८२।

हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो ।

गत फागुन २५ गते जिल्ला प्रशासन मनाङमा बसेको समन्वयात्मक बैठकले बेंशीशहरबाट चामेसम्म बस सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप स्थानीय प्रशासनले डुम्रे–बेंशीशहर–चामे सडक योजना र अन्य सरोकारवाला निकायलाई आवश्यक समन्वयपश्चात बस सञ्चालनमा ल्याएको हो ।

“बेंशीशहर–चामे सडकमा बस सञ्चालन गर्न सकिने वा नसकिने भनेर गरिएको परीक्षण सफल भएपछि आजबाट बेंशीशहरदेखि सदरमुकाम चामेसम्म नियमित बस सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । प्रजिअ आचार्यका अनुसार ना ६ ख ९५७९ र ना७ख ७२६७ नम्बर बस नियमित आवतजावत गर्नेछन् ।

पन्ध्र वर्षअघिदेखि मोटर चल्न थालेको यहाँ हालसम्म बोलेरो, टाटासुमोजस्ता साना सवारीसाधनले मात्र यात्रु बोक्दै आएका थिए । बेंशीशहरबाट चामेसम्मको ६५ किलोमिटर सडक पार गर्न अब बोलेरो जीपसँगै बस चढ्न सकिने भएको छ । सोे रुटको भाडादर सातसय ४० रुपैयाा कायम गरिएको छ ।

यस सडक अन्तर्गत बेंशीशहरदेखि खुदीसम्मको सात किलोमिटर सडक कालोपत्र छ । खुदीभन्दा माथि चामेसम्म ठाउँ–ठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ । बाँकी ४७ किलोमिटर कच्ची सडक छ ।

मनाङमा निर्माणाधीन मनाङ मस्र्याङ्दी जलविद्युत्का सामान लिएर १० चक्के ट्रकसमेत पुग्ने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार