पाल्पामा ब्रेक फेल भएर जिप दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, पांच जना घाइते

पाल्पामा ब्रेक फेल भएर जिप दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, पांच जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ बैशाख २०८२
  • 3.4K
    Shares

पोखरा,७ बैशाख २०८२।

पाल्पामा आइतबार साँझ जिप दुर्घटनाग्रस्त हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने पांच जना घाइते भएका छन।

तानसेनबाट खानीछाँप भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप आइतबार बेलुकी ८ बजेतिर
पाल्पाको बगनासकाली-४, खानीछाँपस्थित बेलडाँडामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने पांच जना घाइते भएका छन।

उक्त दुर्घटनामा कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त जिपको ब्रेक फेल भएर सडकमै पल्टिँदा च्यापिएर सारुको मृत्यु भएको बताइएकाे छ ।
उक्त दुर्घटनामा घाइते भएका पाँच जनाको हाल तानसेनस्थित अस्पतालमा उपचार भैरहेको प्राप्त समाचारमा जनाइएको छ। अन्यकाे अवस्था सामान्य रहेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार