गोरखाबाट भारत हिडेका वडाध्यक्ष अमेरिका पुगे , स्थानीय जनता खोज्दै गाउपालिकामा

गोरखाबाट भारत हिडेका वडाध्यक्ष अमेरिका पुगे , स्थानीय जनता खोज्दै गाउपालिकामा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ बैशाख २०८२
  • 8.3K
    Shares

पोखरा,७ बैशाख २०८२।

उपचारको बहानामा भारत जाने भनेर हिडेका गोर्खाका एक वडाध्य्क्ष अमेरिकामा पुगेका छन्। १० महिना वडासदस्य रामचन्द्र पोखरेललाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएर भारत जान हिडेका सिरानचोक गाउँपालिका–५ का वडाध्यक्ष ठानेस्वर पोखरेल यतिबेला अमेरिकामा छन्।

वडाध्यक्ष पोखरेलले वडासदस्य रामचन्द्र पोखरेललाईअसार मसान्तसम्म कार्यवाहक दिएको समाचारस्रोतको दाबी छ। डाध्यक्ष पोखरेल गत फागुन २३ गतेबाट आउँदो असारको ३० गतेसम्मलाई कार्यवाहक दिएर उपचार गर्न भारत गएको दाबी गरिएको छ। उनी यसभन्दा अघि पनि वडासदस्य रामचन्द्र पोखरेललाई नै कार्यबाहक दिएर अमेरिका हान्निएका थिए। त्यतिबेला गाउँपालिका अध्यक्षलाई जानकारी गएका वडाध्य्क्ष पोखरेलले यस पटक भने गाउँपालिकालाई जानकारी नगराएको प्राप्त समाचारमा जनाइएको छ।

माओवादी केन्द्रको तर्फबाट वडाध्य्क्ष पदमा बिजयी बनेका ठानेस्वर पोखरेलको परिवार अमेरिकमा रहेकाले पहिले पनि पारिवारिक भ्रमणका लागि गएको र अहिले पनि उपचारको बाहनामा फेरि अमेरिका नै गएको दाबी स्थानीयहरुको छ ।

वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिएर पोखरेल सम्पर्कविहीन भएको भन्दै स्थानीय बासिन्दाहरुले गाउँपालिकाको ध्यानाकर्षण समेत गराएका छन्।

उनको यो अमेरिका भ्रमण दोस्रो पटक हो। पहिलो पटक अमेरिका जाँदा पोखरेलले वडासदस्य रामचन्द्र पोखरेललाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएर गएका थिए। सोको जानकारी गाउँपालिकालाई समेत गराएका थिए। तर, अहिले उनै पोखरेललाई कार्यवाहक दिएको तर सोको जानकारी गाउँपालिकामा नगराएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिए।

कार्यवाहक वडाध्यक्ष पोखरेलले भने वडाध्यक्ष पोखरेल उपचारको लागि भारत जान्छु भनेर गएको बताए। ​वडाध्यक्षका कारण सेवाप्रवाह र बिकास निर्माणको काममा कुनै पनि बाधा अबरोध नभएको उनको भनाइ छ। तर वडाध्यक्ष पोखरेलले असार मसान्तसम्म उनलाई कार्यवाहक दिएको स्रोतको दाबी छ।

वडाध्यक्ष पोखरेलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरितका काम गरेको उनीहरुको आरोप छ। उनको परिवार अमेरिकामा रहेकाले पहिले पनि पारिवारिक भ्रमणका लागि गएको र अहिले पनि उपचारको बहनामा फेरी अमेरिका नै गएको दाबी स्थानीयहरुको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार