“कलाकारका लागि कलाकार” अन्तराष्ट्रिय खुला अनलाइन कला प्रतियोगिता शुरु : २४ अन्तराष्ट्रिय कलाकार पुरस्कृत

“कलाकारका लागि कलाकार” अन्तराष्ट्रिय खुला अनलाइन कला प्रतियोगिता शुरु : २४ अन्तराष्ट्रिय कलाकार पुरस्कृत


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ बैशाख २०८२
  • 17.3K
    Shares

पोखरा,४ बैशाख २०८२।

पोखराबाट संचालित नगेन आर्ट डट कमले विश्व कला दिवसका अवसर पारेर “कलाकारका लागि कलाकार” अन्तराष्ट्रिय खुला अनलाइन कला प्रतियोगिता तथा प्रदर्शनी २०२३ शुरू गरेको छ।

प्रतिनिधि सभा सदस्य माननिय डा. चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा भएको उक्त अनलाइन कला प्रतियोगितामा छनोट भएका १४ देशका एकसय २० कलाकार मध्य ४९ कलाकार, १ एमेच्योर र ६ जना निर्णयकहरु समेतका गरी जम्मा ५६ कलाकारहरुको कला प्रदर्शनमा रहेको संयोजक महेन्द्र बिष्टले जानकारी दिए।

प्रतियोगितामा अरनिको अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३ बाट महविश हसन (पाकिस्तान), लियोनार्दो दा भिन्चि अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३ बाट एना निकोडेमो, (इटाली), पाब्लो पिकासो अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट डेरियस राफाएलो(ताइवान),जोक्सन पोलक अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३ बाट हरेराम जोजु(नेपाल),भिन्सेन्ट भानगोग अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट शुस्मा श्रेष्ठ(नेपाल), पॉल गाउगिन अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट हो हुउ आन (भियतनाम), जे.एम.डब्ल्यू. टर्नर अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट निशिकान्त पलांडे (भारत),
मिचेलाङ्गेलो अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट अनिता भट्टराई (नेपाल),एम.एफ. हुसेन अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट ऐलिन कोसकुन(टर्की),साल्भाडोर डाली अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट डी.बी. भण्डारी (नेपाल), सदेक्वैन अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट मरिया लिना (पाकिस्तान), शिल्पाचार्य जैनुल आबिदिन अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट अदनान खान (पाकिस्तान), देवान मिजान रहमान अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट
कलाकारको नाम:- मनस कुमार दास (भारत),एमेच्योर अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट मन गोल्डी ( नेपाल) पुरस्कृत भएका छन् ।

त्यस्तै क्यूबा अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट एरिक गोंजालेज (त्रियाना),पाकिस्तान अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट मुहम्मद रामजान (रहीमून),भारत अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट स्वप्निल (कश्यप),बंगलादेश अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट म.द. काउसर होसैन,नेपाल अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट उद्धव गुरुङ,ब्राजिल अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट कार्ला पेट्रिनी,मलेसिया अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट म्याक्सिन सिएसियान सिन,युक्रेन अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट भिक्टोरिया ग्रिगोरिएवा, इरान अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट यासर मिर्ज़ी,दक्षिण कोरिया अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट मिरान किमले प्राप्त गरे ।

सोसल मिडिया अन्तर्गत फेसबुक अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट डि.बी. भण्डारी ( नेपाल) विन्नेर, पहिलो रनर अप गणेश लामा( नेपाल) र भुषण राज राजभण्डारी( नेपाल)
दोस्रो रनर अपका रुपमा पुरस्कृत भए।

त्यस्तै एक्स अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३ बाट सुष्मा श्रेष्ठ ( नेपाल) विन्नेर, पहिलो रनर अप श्रेया हाडा श्रेष्ठ( नेपाल) र निशिकान्त पलांडे(भारत) दोस्रो रनर अप बन्नु भएको छ ।
त्यस्तै लिंक्डइन अन्तर्राष्ट्रिय एएफए अवार्ड-२०२३बाट प्रकाश ज्योति देका ( भारत) विन्नेर, पहिलो रनर अप हरेराम जोजु ( नेपाल) र डा. सन्दीप नाथ (भारत) दोस्रो रनर अप बन्नु भएको छ ।

एक कार्यक्रमका बीच सोमबार प्रतिनिधि सभा सदस्य माननिय डा. चन्द्र भण्डारीले पुरस्कृत भएका २४ कलाकारको नाम फेसबुकमा पोष्ट गरि उद्घाटन गर्नुभएको थियो ।

कलाकारहरुको नयाँ कामको प्रशंसा गर्दै यस्तो मौलिकतालाई अरुले पछ्याउनुपर्नेमा जोड दिनुुभयो ।
कोरोनाले आक्रान्त पारेको समयमा पनि कलाकारका लागि अन्तर्राष्ट्रिय कला प्रतियोगिता तथा प्रदर्शनी अवसर हुने विश्वास व्यक्त गर्दै उहाँले पेन्टिङ बिक्रीबाट प्राप्त रकम सामाजिक कार्यमा खर्च गर्ने आयोजकको सोच प्रशंसनीय भएको बताउनुुभयो ।

विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअनियानका अभियन्ता शुशील पौडेलले यस कार्यक्रमले विश्वभरका कलाकारको सामिप्यता बढ्ने बताउनुभयो ।

नगेन न्युज पब्लिकेशनले ‘न प्रायोजक, न समर्थक, न प्रवर्द्धनकर्ता मात्र कलाकारका लागि कलाकार’, ‘कलाकारका लागि कलाकार’ भन्ने नाराका साथ हरेक वर्षको नाम, मूल्य र सम्मान दिने उद्देश्यले वर्षमा एक पटक अन्तर्राष्ट्रिय खुला कला अनलाइन प्रतियोगिता तथा प्रदर्शनी आयोजना गर्दछ ।
पब्लिकेशनका अध्यक्ष ज्योति हमालले कलाको समृद्धि, विकास र प्रवद्र्धनका लागि कलाकार र कलाकार भएको बताउँदै कलाकृति बिक्रीबाट प्राप्त हुने आम्दानीको ७० प्रतिशत कलाकार आफैं, १० प्रतिशत पुरस्कार, १० प्रतिशत कल्याणकारी कार्यक्रम र १० प्रतिशत स्मारिकालाई दिइने जानकारी दिनुभयो ।

१४ देशका १२० कलाकार मध्य छनोटमा परेका ४९ कलाकार, १ एमेच्योर र ६ जना निर्णयकहरु(कुल ५६कलाकार), १८ वर्षभन्दा माथिका, विभिन्न माध्यम, विधि र साइजमा सृजित कलाकृतिहरू www.nagenart.com मा २०२५ अप्रिल १५ देखि प्रदर्शन शुरू भैरहेको नेपाल कला यात्रा पुस्तकका अभियन्ता महेन्द्र बिष्टले जानकारी दिनुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभासद्, कलाकार नगेन सिंह ठकुरीले कोरोना महामारीका बेला कलाकारका बारेमा कसैले केही नगरेकाले सामाजिक सञ्जालबाट केही गर्नका लागि ‘कलाकारका लागि कलाकार’ प्रतियोगिता तथा प्रदर्शनी आयोजना गरिएको बताउनुुभयो ।
प्रतियोगिताका निर्णयकमा प्रोफेसर. डा. सुमेरा जवाद, ग्लोबल र्भस्टाईल आटिस्ट (कलेज अफ आर्ट एन्ड डिजाइन, पञ्जाब विश्वविद्यालय), दादुल चालिहा (ग्लोबल आर्टिस्ट, गुवाहाटी, असम, भारत), प्रोफेसर डा. ओरहान सेब्राइलोग्लु प्रोफ. सेल्चुक युनिभर्सिटी
( टर्की), रे मर्स्डेन वरिष्ठ कलाकार(अष्ट्रेलिया), एनबी गुरुङ, अ ग्लोबल प्यासनेट आर्टिस्ट,(अध्यक्ष, आईडब्ल्यूएस नेपाल) र प्राज्ञ नगेन सिंह ठकुरी (पूर्व प्राज्ञ सभासद्, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान) रहनुुभएको थियो 

प्रतिक्रिया
सम्बन्धित समाचार