लमजुङमा प्रहरीबिट नजिकैको घरमा महिलाको विभत्स तरीकाले हत्या

लमजुङमा प्रहरीबिट नजिकैको घरमा महिलाको विभत्स तरीकाले हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ चैत्र २०८१
  • 7.4K
    Shares

पोखरा, ३१ चैत २०८१।

लमजुङस्थित एक प्रहरीबिट नजिकैको घरमा महिलाको विभत्स तरीकाले हत्या भएको छ।

जिल्लाको बेंशीशहर नगरपालिका–२ स्थित अस्थायी प्रहरी बिट भकुण्डे नजिकै निवासी ४७ बर्षीय सीता कडेँलको विभत्स तरीकाले हत्या भएको छ ।

घरमा एक्लै बस्दै आएकी कडेँलको मृत्यु केही दिन अगाडि नै भएको हुनसक्ने प्रहरीको आशङ्का छ । उनका छोरा बुहारी अष्ट्रेलिया छन् । लामो समयदेखि आमासँग सम्पर्क नभएपछि उनका छोरा अभिनास कडेँलले छिमेकीलाई फोन सम्पर्क गरेर आमाको अवस्थाबारे सोधपुछ गरेका थिए ।

खोजीको क्रममा घर वरपर शवको गन्ध आएपछि स्थानीयले आइतबार दिउँसो सवा २ बजेतिर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा पुगेको प्रहरीले घरको ताला फोडेर हेर्दा ओच्छ्यानको प्लाई भित्र त्रिपालले बेरिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

घरमा ढोकामा ताला लगाइएको अवस्थामा कडेँल मृत अवस्थामा भेटिएकाले हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटना रहस्यमय रहेको र अनुसन्धान कार्य शुरु गरिएको प्रहरीले जनाएको छ । मृतक कडेँल प्रहरीको पूर्व हवलदार समेत थिइन् । समाचारस्रोत तगारोंन्युज डट कम

प्रतिक्रिया
सम्बन्धित समाचार