गएराती भोजपुरमा ट्रयाक्टर दुर्घटना : वडासदस्यसहित दुई जनाको मृत्यु

गएराती भोजपुरमा ट्रयाक्टर दुर्घटना : वडासदस्यसहित दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ चैत्र २०८१
  • 1.4K
    Shares

ताप्लेजुङमा ट्याक्टर दुर्घटना

पोखरा, ३१ चैत २०८१।

गएराती भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना वडासदस्यसहित दुई जनाको मृत्यु भएको छ।

भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार