नाटकीगय ढंगले तीन महिने बालिका अपहरण गर्ने महिला दैलेखको जंगलबाट रंगेहात समातिइन्

नाटकीगय ढंगले तीन महिने बालिका अपहरण गर्ने महिला दैलेखको जंगलबाट रंगेहात समातिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ चैत्र २०८१
  • 5K
    Shares

पोखरा, २९ चैत २०८१।

गएराती नाटकीगय ढंगले दैलेखबाट अपहरण गरिएको तीन महिने बालिकालाई लैजाँदै गर्दा स्थानीय बासिन्दाले सोही गाउँको जंगलबाट एक महिलासहित रंगेहात समातेका छन्।

पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नबाट स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढालाई गएराती नाटकीगय ढंगले अपहरण गरेर लैजाँदै गर्दा मुण्डाबिन्द्रासैनी नगरपालिका–२, को लामिडाँडा जङ्गलबाट एक महिलालाई रंगेहात स्थानीय बासिन्दाले समातेका हुन्।

प्राप्त विवरण अनुसार , गएराति ९ बजेतिर सबै घरमा सुतेको अवस्थामा घर पछाडिको रुखमा राखेको खरमा आगो लागेको थियो । बमबहादुरको परिवारलाई माथिल्लो घरबाट रुखमा राखेको खरमा आगो लागेको खबर आएपछि बमबहादुरका श्रीमान्–श्रीमती छोरा, छोरीलाई सुतिरहेकै अवस्थामा घरमा छाडेर आगो निभाउन गएका थिए। आगो निभाएर फर्कदा भने सुतिरहेकी तीन महिनाकी छोरी नदेखे पछि स्थानीय बासिन्दा समेत मिलेर खोजीमा निस्किएका थिए।

बालिका खोजि गरी पिछा गर्ने क्रममा भाग्दै गरेको अवस्थामा मुण्डाबिन्द्रासैनी नगरपालिका–२, को लामिडाँडा जङ्गलबाट सोही ठाउँको सिरवल भन्ने ठाउँकी शर्मिला विष्टलाई स्थानीय बासिन्दाले समातेर प्रहरीमा बुझाएका छन्।

स्थानीय बासिन्दाले नियन्त्रणमा लिए पछि भने बिष्टले अपहरणपूर्व आफुले बमबहादुर बुढाको घर पछाडिको रुखमा राखेको खरमा आगो नलगाएको तर आफुलाई अपहरित बालिका ‘दुल्लुका तीन जना पुरुषले चामुण्डाकै माथि डाँडामा दिएर भागेका बताएकी छिन।

शर्मिला बिष्टलाई बालिका दिएर भाग्ने पुरुषहरुको खोजी भैरहेको र उक्त अपहरण घटना सम्बन्धमा आबस्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार