भोजपुरका युवाले कुवेतमा आफ्नै प्रेमिकाको गरे हत्या : फांसीको सजायं हुनसक्ने

भोजपुरका युवाले कुवेतमा आफ्नै प्रेमिकाको गरे हत्या : फांसीको सजायं हुनसक्ने


  • एजेन्सीहरु
  • शुक्रबार, २९ चैत्र २०८१
  • 4.9K
    Shares

खरा, २९ चैत २०८१।

सम्बन्धमा खटपट भए पछि भोजपुरका एक युवाले कुवेतमा आफ्नै प्रेमिकाको हत्या गरिदिएका छन्। डेलिभरी कम्पनीमा कार्यरत भोजपुर घर भएका सुनिल राईले सम्बन्धमा खटपट भए पछि रोजिना राईको धारिलो हतियार प्रहार गरी उनको हत्या गरेका हुन् ।

हेका सामाजिक अभियन्ता घनश्याम थापा मगरका अनुसार , ६ वर्षदेखि प्रेम सम्बन्ध रहेका सुनिललाई रोजिनाले आफै पहल गरेर करीब पांच महिना अघि कुवेत बोलाएकी थिइन् र डेलिभरी कम्पनीमा काम लगाई दिएकी थिइन् पनि। तर प्रेम सम्बन्धमा खटपट भएपछि रोजिनाले अर्कै प्रेमीसँग सम्बन्ध जोडेको रिसमा सुनिलले मादक पदार्थ सेवन गरेर चक्कु र पेचकस प्रहार गरेर हत्या गरेको अभियन्ता थापाले बताए । प्रेमिकाले समय नदिएको, फोन सम्पर्क गर्दा बाहिर छु भनेर झुक्क्याउने गरेको बताइएको छ।

बिहीबार रोजिना मंगाफस्थित साथीको कोठामा थिइन् । उनले सुनिललाई फेसबुक म्यासेन्जरमा ब्लक गरेकी थिइन् । आफ्नो प्रेमिका त्यहाँ गएको निश्चित भएपछि हत्या गर्ने योजनासहित उनी आफू बस्ने ठाउँ फाहिलबाट चक्कु र पेचकस लिई अन्य दुई साथीलाई साथ लिएर मंगफमा रोजिनको कोठामा पुगे ।

कोठामा घण्टी बजाउँदा ढोका नखोलेपछि उनले ढोकामा लात्ताले हान्न थाले । अति भएपछि रोजिनाले ढाेका खोलिन् र उनीहरू दुवैबीच वादविवाद बढ्दै गयो । त्यसपछि धारिलो हतियार चक्कु प्रहार गरेर रोजिनाको विदेशी भूमिमा ज्यान लिए ।

अहिले उनलाई कुवेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनले प्रेम सम्बन्धमा खटपट भएपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।सामान्यतया कुवेतमा हत्या गर्नेलाई मृत्युदण्ड दिने कानुन छ । अब मृतकको परिवारले ब्लडमनी स्वीकार नगरे उनलाई पनि त्यहाँ मृत्युदण्ड दिइनेछ ।

प्रतिक्रिया