सवारी ज्यान मुद्दामा दोषी ठहरिएका नेपाली नौ वर्षपछि गोरखाबाट समातिए

सवारी ज्यान मुद्दामा दोषी ठहरिएका नेपाली नौ वर्षपछि गोरखाबाट समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ चैत्र २०८१
  • 4.7K
    Shares

पोखरा, २९ चैत २०८१।

नौ वर्ष अघि जिल्ला अदालत गोरखाबाट सवारी ज्यान मुद्दामा दोषी ठहरिएका एक व्यक्ति समातिएका छन्।

अदालतले नौ वर्ष पहिले दोषी ठहर गरी एकबर्ष १० महिना २२ दिन कैद सजाय हुने फैसला सुनाइएका गोर्खा जिल्लाको पालुङटार नगरपालिका–१ खोप्लाङका ३६ बर्षिय कुमारबावु नेपाली खोप्लाङबाटै समातिएका हुन्। त्यति बेला उनले चलाएको सवारी साधनले ठक्कर दिएका एक व्यक्तिको निधन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

बुधबार खोप्लाङबाट पक्राउ परेका नेपालीलाई फैसला कार्यान्बयनका लागि जिल्ला अदालत गोरखामा पेश गरिएकोमा जिल्ला कारागार गोर्खा चलान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार