पोखरा , २ चैत २०८१।

दुई वर्षअघि रोजगारीका लागि इराक पुगेकी सिन्धुपाल्चोककी सुमिना तामाङको त्यही मृत्यु भएको छ ।
घरमा काम गर्दागर्दै भुइँमा ढलेकी तामाङलाई तत्काल उपचारका लागि अस्पताल लागिएकोमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको हो।
गैरकानुनी बाटो हुँदै इराक पुगेकी उनी बिरामी भएको खबर पाएको दिनदेखि नै गैरआवासीय नेपाली संघ (एनआरएनए) इराक अध्यक्ष विनोद श्रेष्ठले नेपाल पठाउन प्रयास गरे तर सफल भएनन् ।
गम्भीर रोग र शारीरिक अवस्था कमजोर रहेकाकारण उनलाई नेपाल ल्याउन दुई पटकसम्म एयरलाइन्सले स्वीकृति नदिए पछि हवाई टिकट रद्द गरिएको श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार , तेस्रोपटक बुधबार मात्र सम्पूर्ण प्रक्रिया पूरा गरेर नेपाल पठाउन मिल्ने अवस्थामा इराक हेर्ने जिम्मेवारी पाएको कुवेतस्थित नेपाली दूतावासलाई पनि जानकारी भयो तर कुर्दिस्तानस्थित दुहोक सहरमा सुमिनाको मृत्यु भएको हो ।
अब उनको शव पठाउन करिब दुई महिना लाग्ने जनाइएको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।