लन्डनबाट बेपत्ता नेपाली बिद्यार्थी डेढ महिनापछि होमलेस सेल्टरमा भेटिए

लन्डनबाट बेपत्ता नेपाली बिद्यार्थी डेढ महिनापछि होमलेस सेल्टरमा भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ फाल्गुन २०८१
  • 7.7K
    Shares

पोखरा, २९ फागुन २०८१।

डेढ महिना अघिदेखि बेलायतको राजधानी लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी इस्ट लन्डनस्थित एक होमलेस सेल्टरमा आश्रय लिएर बसिरहेको अवस्थामा भेटिएका छन्।

कमल हराएको सूचना पाएलगत्तै लन्डन मेट्रोपोलिटन प्रहरीले खोजी गर्दै जाँदा इस्ट लन्डनस्थित होमलेस सेल्टरमा आश्रय लिएर बसिरहेको अवस्थामा भेटिएका हुन्।

उनको खोजीका लागि लन्डनस्थित नेपाली दूतावासले लन्डन मेट्रोपोलिटन प्रहरीलाई खबर गरेर खोजीका लागि आग्रह गरेको थियो। धनुषाको हंसपुर–६ का अधिकारी सन् २०२२ मा अध्ययनका लागि बेलायत आएका थिए।

गत फेब्रुअरी २ देखि सम्पर्कविहीन २३ वर्षीय अधिकारीको शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहेको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए।

दूतावाससँग कमल स्वयम्ले पनि नेपाल फर्कने इच्छा देखाएको दुवाडीको भनाइ छ। उनले भने, ‘इस्ट लन्डनस्थित एक होमलेस सेल्टरमा आश्रय लिएर बसिरहेको अवस्थामा कमलसँग सम्पर्क भएको छ। उहाँ सम्पर्कमा आउनुभएसँगै नेपालस्थित उहाँको परिवारलाई खबर गरेका छौँ, उहाँहरुकै आग्रहमा नेपाल फिर्ता पठाउने तयारी सुरु भइसकेको छ।’

लन्डनस्थित ‘युनिभर्सिटी अफ क्रियटिभ आर्टस’मा अध्ययनरत कमललाई घरबेटीले निकालिदिएपछि सडकमा पुगेका थिए। त्यसपछि उनी लन्डनबाटै सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थियो।

प्रतिक्रिया