ओखलढुङ्गा जादै गरेको बस काभ्रेमा दुर्घटनाग्रस्त : १७ जना घाइते

ओखलढुङ्गा जादै गरेको बस काभ्रेमा दुर्घटनाग्रस्त : १७ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ फाल्गुन २०८१
  • 7.2K
    Shares

पोखरा, १३ फागुन २०८१।

ओखलढुङ्गाको पोकलीतर्फ जादै गरेको बस काभ्रेमा दुर्घटना : १७ घाइते, चालक र सहचालक गम्भीर ।
काठमाडौंबाट धुलिखेल रामेछाप हुँदै ओखलढुंगा पोकलीको लागि छुटेको बस काभ्रेमा दुर्घटना भएको छ।

धोबी, सिरिसे, ढाँडे हुँदै ओखलढुंगाको पोकली हिँडेको अरनिको यातायातको प्रदेश ३, ००१-००५ ख ९९४२ नम्बरको बस धुलिखेल न.पा. १० सारादा बतासेस्थित वि.पि. राजमार्गमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

आफैँ अनियन्त्रित भई सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसमा सवार चालक र सह-चालकसहित १७ जना घाइते भएका हुन्। उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

बसमा २४ जना यात्रु सवार रहेका थिए। घाइतेहरूमध्ये चालक र सह-चालक गम्भीर घाइते भएका छन्।

ओखलढुंगा जाँदै गरेको बस काभ्रेमा दुर्घटना

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260