म्याग्दीका एक युवा दक्षिण कोरियामा मृत भेटिए

म्याग्दीका एक युवा दक्षिण कोरियामा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ फाल्गुन २०८१
  • 4.9K
    Shares

पोखरा, ११ फागुन २०८१।

म्याग्दीका एक युवा दक्षिण कोरियामा मृत भेटिएका छन्।

गत असोजमा इपिएसमार्फत कोरिया पुगेका म्याग्दी जिल्लाको मालिका गाउँपालिका –१, निस्कोटका २७ वर्षीय तुल्सी पुन मगर आफू कार्यरत बंगुर फारममा मृत भेटिएका हुन्।

मोक्पो छल्लानाम्दो उल्सानस्थित छुकसान बङ्गुर फार्ममा कार्यरत पुन शनिबार फार्मनजिकै पुलमा झुण्डिएको अवस्थामा मृत भेटिएको प्राप जानकारीमा उल्लेख छ। उनले आत्महत्या गरेका हुन् कि हत्या भएको हो भन्ने बारेमा एकिन हुन सकिरहेको छैन। तर साहुको अत्याचार र दुर्वव्यवहारका कारण उनले आत्महत्या गरेको परिवार स्रोतकाे भनाइ छ ।

तुल्सीको मृत्यु बारेमा कोरियास्थित नेपाली राजदुतावास, एनआरएनए, एमटियु, मोनालगायत नेपालीले चासो दिएका छन् । मृतक तुल्सीका परिवार, कोरियास्थित नेपाली राजदुतावास, एनआरएनए, एमटियु, मोनालगायत नेपालीले घटनाबारे गम्भीर अनुसन्धान गर्न र सङ्लग्न दोषीलाई कडा कारबाही गर्न त्यहाँको सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया