एमाले अखिलका नेता जोशी काठमान्डौबाट पक्राउ

एमाले अखिलका नेता जोशी काठमान्डौबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ फाल्गुन २०८१
  • 5.1K
    Shares

एमाले अखिलका नेता कमराज जोशी, kamal raj joshi

पोखरा, १ फागुन २०८१।

प्रहरीमाथि कुटपिट गरेको आरोपमा एमाले निकट अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।

गएको माघ २४ गतेको राति काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट भएको थियो ।

सोही घटनामा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा आइतबार पक्राउ परेका छन् ।

उनीहरूले प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्टमाथि कुटपिट गरेका थिए ।

मोटरसाइकलसहित प्रहरीको क्विक रेस्पोन्स टिम (क्यूआरटी)मा खटिएका उनीहरू मध्यराति कुटिएका थिए । जोशीसहितका युवाहरूले उनीहरू सवार मोटरसाइकल समेत तोडफोड गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260