साँखु स्कुल बस दुर्घटना अपडेट : मृत छ मध्ये चार विद्यार्थीको सनाखत, ४० बिद्यार्थी घाइते (सुचीसहित)

साँखु स्कुल बस दुर्घटना अपडेट : मृत छ मध्ये चार विद्यार्थीको सनाखत, ४० बिद्यार्थी घाइते (सुचीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ फाल्गुन २०८१
  • 9.9K
    Shares

पोखरा, १ फागुन २०८१।

पिकनिकबाट फर्कदै गर्दा काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा बुधबार साँझ भएको काठमाण्डौको चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) स्कुलको रिजर्भ बस दुर्घटना हुँदा मृत्यु भएका छजना मध्ये चार जना विद्यार्थीको सनाखत भएको छ।

सत्यसाई (एसएस) स्कुलले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको उक्त बस दुर्घटनमा मृत्यु भएका छ मध्ये चार जना विद्यार्थीको सनाखत भएको हो।

उक्त दुर्घटनामा मृत्यु भएका १२ वर्षीय आदित्य सुनार, मोरङको उर्लाबारी नगरपालिका–७ स्थायी घर भई काठमाडौंको कपन बस्ने ११ वर्षीय क्रिशल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई चाबहिल बस्ने २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको भिमसेनगोला बस्ने १४ वर्षीया शुशांका डोटेल रहेका प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका क्रिशलको त्रिवि शिक्षण अस्पतल–महाराजगञ्ज, सुरेशको नेपाल मेडिकल कलेज र शुशांकाको शंखरापुर अस्पतालमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

शंखरापुरस्थित नगरकोटमा पिकनिक खाएर साँखु आउने क्रममा कात्तिके भन्ने स्थानमा ब्रेक फेल भएर बस दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

उक्त दुर्घटनामा घाइते भएका ४० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।


घाइते हुनेहरुको नामः

१) फिलिप लामा बर्ष १०

२) प्रजोल थापा बर्ष १०

३) भिम तामाङ बर्ष ११

४) राम पररियार बर्ष १६

५) सुजन मगर बर्ष १६

६) सिरिसा सिवेदि बर्ष १२

७) प्रकाश बम बर्ष १६

८) साधन बिष्ट बर्ष १२

९) आराध्या शाह बर्ष १०

१०) आशिस तामाङ बर्ष १५

११) स्नेहा राइ बर्ष २१

१२) गंगा ज्वति बर्ष ४२

१३) रन्जित थापा बर्ष १३

१४) सुहाना गुभाजु बर्ष १३

१५) श्रिसान्त पौडेल बर्ष १५

१६) कल्पना रेज्मि बर्ष ३२

१७) बिकल्प श्रेष्ठ बर्ष १०

१८) नाइस्का पाण्डे बर्ष २३

१९) सुविता तामाङ बर्ष १४

२०) निशान्त पौडेल बर्ष १४

२१) सोगात मगर बर्ष १४

२२) अबित खान बर्ष १०

२३) अंकित नेपाल बर्ष १५

२४) रिदम थापा बर्ष १५

२५) शक्सेस खड्का वर्ष १३

२६) गोमा थापा वर्ष ३७

२७) सनसाइन तामाङ वर्ष १०

२८) निशम राई वर्ष ९

२९) समिर तामाङ वर्ष १५

३०) सन्यम महर्जन वर्ष १९

३१) रितिका खत्री वर्ष १४

३२) जनिस दाहाल वर्ष १२

३३) अभिषेक मोक्तान वर्ष १५

३४) मिनु राई वर्ष १६

३५) रोहन अधिकारी वर्ष १३

३६) सुबिना तामाङ

३७) रोहन अधिकारी

३८) प्रबत दास वर्ष १६

३९) युनिसा थामी वर्ष १५

४०) सुशिला तामाङ

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260