नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश समितिको नव निर्वाचित कार्य समितिको भयो पदस्थापन

नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश समितिको नव निर्वाचित कार्य समितिको भयो पदस्थापन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ माघ २०८१
  • 6.2K
    Shares

पोखरा, २९ माघ २०८१।

नेकपा नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश समितिको नव निर्वाचित कार्य समितिको आज पदस्थापन भयो।

पार्टी स्थायी कमिटि सदस्य एबम गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बरालले एकीकृत समाजवादी गण्डकी प्रदेश समितिको नव निर्वाचित कार्य समितिक पदाधिकारी तथा सदस्यहरुलाई आज एक समारोहका बीच पदस्थापन गराए।

त्यस अवसरमा पार्टीका निवर्तमान प्रदेश अध्यक्ष समेत रहेका पार्टी स्थायी कमिटि सदस्य एबम गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बरालले नवनिर्वाचित समितिका अध्यक्ष कृष्ण बहादुर नेपालीलाई पार्टीको माइन्युट लगायत महत्वपूर्ण दस्ताबेजहरु हस्तान्तरण गरे।

पोखरामा तीन दिन सम्म चलेको नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश समितिको प्रथम अधिबेशनले कृष्ण बहादुर नेपालीको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत तरीकाले थियो।

उक्त नयाँ समितिमा मुक्तिप्रसाद पौड्याल र बिष्णु गिरि उपाध्यक्ष , सचिव: ठाकुर प्रसाद शर्मा, उप-सचिवत्र्य्मा विवेक भुजेल, टिकाराम पौड्याल र सुस्मा काफ्ले रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार