हातखुट्टामा नेल लगाएर संसद भवन छिर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ

हातखुट्टामा नेल लगाएर संसद भवन छिर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ माघ २०८१
  • 6.4K
    Shares

पोखरा, २८ माघ २०८१।

हातखुट्टामा नेल लगाएर संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार दोश्रो पटक पनि पक्राउ परेका छन् ।

अन्तरजातीय विवाह गरेका सर्लाहीका सतेन्द्र राम र नेहा रौनियारको जोडीको न्याय माग्दै सोमबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वर प्रवेश गर्न खोज्दा उनी पक्राउ परेका हुन् ।

उनलाई संसद भवन प्रवेश गर्न खोज्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले जानकारी दिए ।

सुनार यसअघि ६ महिनाअघि गत साउन २९ गते पनि हात खुट्टामा नेल लगाएर माइतीघरबाट प्रदर्शन गर्दै संसद भवन प्रवेश गर्न खोजेका थिए । त्यतिबेला प्रहरी नियन्त्रणमा लिएर साँझ छोडेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार