पोखरा, २८ माघ २०८१।
पोखरामा शनिबार राति मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा दुई जना युवाको मृत्यु भएको छ।
पोखराको लेकसाइबाट शहिदचोकतर्फ जाँदै गरेको ग१३प ६७१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भै लेकसाइडस्थित स्ट्रिट नम्बर ३स्थित सडक छेउमा रहेको सोलारको पोलमा ठोकिएर दुर्घटनाग्रस्त हुँदा दुई युवाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक पोखरा २४ कास्कीकोट बस्ने वर्ष २१ का सफल रानाभाट र मोटरसाइकलमा सवार पोखरा ८ सिमलचौर निवासी वर्ष २१ को सुजल अधिकारीलाई ण्डकी मेडिकल कलेज लगिएकोमा चिकित्सकले राति २ बजे मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ ।
दुर्घटनाको खबरपछि वडा प्रहरी कार्यालय, बैदामबाट प्रहरी टोली उद्धारका लागि खटिएको थियो । घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।