रोल्पामा बोलेरो जिप दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, दुई बच्चा घाइते

रोल्पामा बोलेरो जिप दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, दुई बच्चा घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २५ माघ २०८१
  • 4.7K
    Shares

पोखरा, २५ माघ २०८१ ।

रोल्पामा बोलेरो जिप दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बच्चा घाइते भएका छन्।

जिल्लाको माडी गाउँपालिकादेखि दाङतर्फ जादै गरेको लु १ च ९४०६ नम्बरको सामान बेच्ने बोलेरो गाडी त्रिवेणी गाउँपालिका ७ नन्दिखोला रोल्पामा दुर्घटनाग्रस्त हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

उक्त दुर्घटनाका बारेमा बिस्तृत विवरण आउन बाँकी रहेको छ। तर दुई जना बच्चा घाइते भएको प्राप्त जानकारीमा उल्लेख छ। एक जना यात्री र जिप चालक सकुशल रहेका बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार