काठमाडौं, २४ माघ २०८१ ।
कैलाली सदरमुकाम धनगढीस्थित नोभा हस्पिटलको शौचालयमा एक जना बिरामीका कुरुवा मृत भेटिएका छन्।
कञ्चनपुरको वेदकोट नगरपालिका-६ सिसैयाका रवीन्द्र राना नोभा हस्पिटलको शौचालयमा मृत भेटिएका हुन्।
राना बुधवार राति २ बजेतिर अस्पतालको शौचालयमा लडेको अवस्थामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्र सिंह बोहराले जानकारी दिएका छन् ।
१७ महिनाको भतिजा दिभान रानालाई उपचार गर्न आएका र आफै कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।