गोरखामा दुईवटा चितुवा बारीमा मृत भेटिए

गोरखामा दुईवटा चितुवा बारीमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ माघ २०८१
  • 6.7K
    Shares

पोखरा, २४ माघ २०८१ ।

गोरखामा दुईवटा चितुवा बारीमा मृत भेटिएका छन्। जिल्लाको पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँस्थितबारीमा पोथी र बच्चा चितुवा मृत भेटिएका हुन्।

बारीमा अन्दाजी २ वर्षको पोथी र बच्चा चितुवा मृत भेटिएको डिभिजन वन कार्यालयका गोरखाका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिए। चितुवाको अर्को बच्चा भने जीवितै फेला परेको उनले बताए ।

चितुवाको मृत्युको कारण खुल्न सकेको छैन । स्थानीयले बारीमा मृत चितुवा देखेपछि वन कार्यालयलाई खबर गरेका हुन् । यस विषयमा थप अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार