पोखरा , १९ माघ २०८१।
रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा राष्ट्रिय पन्क्षी दान्फेको चोरी निकाशी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
रारा राष्ट्रिय निकुञ्ज कर्मचारी र निकुञ्जको सुरक्षार्थ तैनाथ श्री हनुमान ध्वज गुल्मको संयुक्त अपरेशन टोलीले संरक्षित पंक्षी डाँफेको चोरी शिकारी गरेको आरोप्मना दुई जना पक्राउ परेका छन्।
उक्त अभियोगमा पक्राउ पर्नेहरुमा कनका सुन्दरी गाउँपालिका १ रिया गाउँ जुम्ला, बर्ष २६ का मानबहादुर कठायत र सोही गाउँपालीका वडा नं १ रियाकै बर्ष ३९ का गोरे कठायत रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरुको साथबाट मृत्त डाँफे जीउ तीन, (भाले १, पोथी २) फक्रास जीउ ३ (भाले २, र पोथी) भरुवा बन्दुक थान १, भरुवा वन्दुकमा प्रयोग हुने गोली थान ३६, भरुवा बन्दुक पड्काउन प्रयोग हुने केप थान २७, बारुद बट्टा थान २, वारुद बनाउन प्रयोग गरीने सेतो रङको सोडा अन्दाजी ५ सय ग्राम, चक्कु थान १ मोवाईल थान १ र झोला कालो १ थान समेत बरामद गरेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिए ।
पक्राउ परेका ब्यक्तिहरुको राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३० (१)बमोजिम अनुसन्धान अधिकृत तोकी अनुसन्धान तथा तहकिकात कार्य जारी रहेको संरक्षण अधिकृत न्यौपानेले बताए ।