ओखलढुंगामा बिरामी बोकेको टाटा सुमो जिप दुर्घटना : आमा-छोरासहित तीनको मृत्यु

ओखलढुंगामा बिरामी बोकेको टाटा सुमो जिप दुर्घटना : आमा-छोरासहित तीनको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ माघ २०८१
  • 5.5K
    Shares

ओखलढुंगामा दुर्घटनाग्रस्त जिप

पोखरा , १७ माघ २०८१।

ओखलढुंगामा आज भएको टाटासुमो जिप दुर्घटनाग्रस्त हुँदा आमाछोरासहित तेन जनाको मृत्यु भएको छ।

बिरामी बोकेर खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६४२१ नम्बरको टाटा सुमो जिप आज बिहान ८ः३० बजेतिर जिल्लाको मानेभन्ज्याङ गाउँपालिका– ७ भँडारे खोलास्थित सिद्धिचरण राजमार्गमा दुर्घटनाग्रस्त हुँदा आमाछोरासहित तेन जनाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर खोटाङको कोपिलासगढी गाउँपालिका–३ की ५६ वर्षीय मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिष लुइँटेलले जानकारी दिए ।

प्रहरीका अनुसार तारा गुरुङ मृतक मायाकी बहिनी हुन् ।छोरा पुजन बिरामी भएपछि मायादेवीले आफन्त तारालाई साथमा लिएर खोटाङबाट काठमाडौं जाँदै गरेको अवस्थामा सुमो दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

गाडी सडकबाट करिब सय मिटर तल खसेको थियो । दुर्घटनापछि सुमो चालक सुनसरीको इनरुवा नगरपालिका–२ का २२ वर्षीय अनिल पण्डित फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट गाडीमा चालकसहित ४ जना मात्रै सवार रहेको पत्ता लागेको छ ।दुर्घटनामा परेर गाडी पूर्णरूपले क्षतिग्रस्त भएको छ । क्षतिग्रस्त गाडी अहिले घटनास्थलमै छ । चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।यद्यपि, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार