पोखरा ल्याइदै गरेको अबैध लागू औषधसहित स्याङ्जामा एक जना युवा पक्राउ

पोखरा ल्याइदै गरेको अबैध लागू औषधसहित स्याङ्जामा एक जना युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ माघ २०८१
  • 6.1K
    Shares

अबैध लागु औषध

पोखरा , १७ माघ २०८१।

पोखरा ल्याइदै गरेको अबैध लागू औषधसहित स्याङ्जामा एक जना युवा पक्राउ परेका छन्।

रुपन्देही सिद्धार्थनगर नगरपालिका – १३ देवकोटाचोकका १९ वर्षीय अंगत सेन्चुरी अबैध लागू औषध पोखरा ल्याउदै गर्दा स्याङ्जामा पक्राउ परेका हुन्।

सोमबार राती ९ बजे बुटवलबाट पोखरा जाँदै गरेको हाइसमा सवार सेन्चुरीलाई सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका – १ बसपार्कमा सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

अभियुक्त सेंचुरीको साथबाट नाइट्राभेट – १० नामक नियन्त्रित लागूऔषध २० पत्ता बरामद भएको र सो सम्बन्धमा आबश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार